काठमाडौं – आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले सुरुआतमै ओमनको चार विकेट लिएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भर्खरै सुरु भएको खेलमा ओमानले आफ्नो खातामा सात रन जोड्दै चार विकेट गुमाएको हो।
अहिलेसम्म ओमनका जतिन्दर, नदिम आउट भइसकेका छन्। भने त्यसपछि एस खान र जिसम मक्सुद ब्याटिङ गरिरहेका छन्। नेपालका फास्ट बलरले उसको विकेट गिराएका छन्। नेपालका सोमपाल कामीले तीन विकेट लिएका छन् भने करण केसीले पनि एक विकेट गिराएका छन्।
खेलमा टस जितेर ओमानले ब्याटिङ रोज्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दैछ। पहिलो वार्मअप खेलमा पराजित भएपछि नेपाल जितको लक्ष्यसहित मैदानमा होमिएको हो। नेपाल पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो। यता ओमान पनि पहिलो वार्मअपमा घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो।
जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो। अफ्रिकामा नेपालले दुई अभ्यास खेल खेलेकोमा दुवैमा हार व्यहोरेको थियो।
अब, विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोलीसँग खेल्नेछ। ओमानको पहिलो खेल सोमबार आयरल्यान्डविरुद्ध हुनेछ।


