काठमाडौँ: मंगलबार ३२.०८ अंकले घटेर ८४३.३५ विन्दुमा झरेको सेयर बजार बुधबार पनि घटेको छ। बुधबार नेप्से परिसूचक २८०० विन्दुमुनि झरेको छ। यसदिन ४६.७८ प्रतिशतले घटेर दुई हजार ७९६.५७ विन्दुमा बजार बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ। मंगलबार बजारमा साढे २१ अर्बको २ लाख ५ हजार ६११ पटकमा ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर कारोबार भएको थियो। यसदिन १३ अर्ब १८ करोड रुपैयाँ बराबरको ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर १ लाख १५ हजार पटकमा कारोबार भएको छ।
यसदिन २२५ कम्पनीको मूल्य घट्दा २४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको स्थिर छ।
बुधबार सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ भने नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९७ अंकले बढेको छ। यस्तै रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य ९.३३ अंकले वृद्धि भएको छ।
आज कालिका पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ८.४७ प्रतिशतले गुमाएका छन्।


