काठमाडौँः नेपाल राष्ट्र बैंकले एक मनी चेन्जरकाे लाइसेन्स (इजाजतपत्र) रद्द गरेको छ।
राष्ट्र बैंकले झापाको मेचीनगर नगरपालिका–६ मा रहेको ‘सुविधा मनी चेन्जर’ प्रा. लीको लाइसेन्स रद्द गरेको हो।
नियमअनुसार तोकिएको समयमा लाइसेन्स नवीकरण नगरेको कारण उक्त मनी चेन्जरको अनुमति रद्द गरिएको राष्ट्र बैंक विराटनगर कार्यालयले जानकारी दिएको हो।


