काठमाडौँः साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ४.४५ अंक बढेर २८२४.९० विन्दुमा पुगेको छ।
नेप्से सामान्य बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। गत बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३ करोड ९५ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
त्यस्तै, यस दिन होटल फरेष्ट इनको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८१ करोड १ लाख २१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


