२०८३ कार्तिक २३ गते आईतबार

आजदेखि ‘ग्लोबल मनि विक २०२६’ मनाउँदै धितोपत्र बोर्ड, सचेत लगानीका लागि आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
sebon

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चैत २ गते (आज)देखि ‘ग्लोबल मनि विक २०२६’ सुरु गरेको छ। एक सातासम्म सञ्चालन हुने यस कार्यक्रममार्फत बोर्डले लगानीकर्तालाई सचेत, सूचनामूलक र जिम्मेवार ढंगले सेयर बजारमा सहभागी हुन आग्रह गरेको छ।

कार्यक्रमको सुरुवातसँगै बोर्डले विशेषगरी युवा तथा नयाँ लगानीकर्तालाई लक्षित गर्दै लगानी गर्नुअघि पर्याप्त अध्ययन र विश्लेषण गर्नुपर्नेमा जोड दिएको छ। बोर्डका अनुसार दोस्रो बजारमा कारोबार गर्दा सूचीकृत कम्पनीका आधिकारिक विवरण, वित्तीय अवस्था, लाभांश घोषणा, व्यवस्थापन परिवर्तन लगायतका सूचनाको आधारमा मात्र निर्णय लिनुपर्छ।

बोर्डले सामाजिक सञ्जालमा फैलिएका अनुमान, हल्ला वा अप्रमाणित सूचनाका आधारमा लगानी नगर्न चेतावनी दिएको छ। यस्ता माध्यमबाट हुने भ्रामक सूचना, जालसाजी तथा छलकपटबाट बच्न लगानीकर्ता स्वयं सतर्क हुनुपर्ने बताइएको छ।

त्यसैगरी, इन्साइडर ट्रेडिङ, कर्नरिङ तथा सेयर मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउने गतिविधिबाट टाढा रहन बोर्डले आग्रह गरेको छ। बजारमा देखिने उच्च प्रतिफलको प्रलोभनमा नपर्न र हतारमा निर्णय नगर्न पनि सुझाव दिइएको छ।

बोर्डले लगानीकर्तालाई प्राथमिक बजारबाट लगानी सुरु गर्न, कम्पनीको विवरणपत्र तथा वित्तीय सूचकहरूको अध्ययन गर्न र दीर्घकालीन दृष्टिकोणसहित लगानी गर्न सुझाव दिएको छ। साथै, लगानी विविधीकरण, जोखिम व्यवस्थापन र आपतकालीन कोषको व्यवस्था गर्न पनि जोड दिइएको छ।

देशको समग्र आर्थिक अवस्था, बैंकिङ प्रणालीको तरलता, ब्याजदर र मुद्रास्फीतिले पूँजी बजारमा प्रभाव पार्ने भएकाले यस्ता सूचकहरूबारे जानकारी राख्नुपर्ने बोर्डको भनाइ छ।

धितोपत्र कारोबार गर्दा बैंकमार्फत मात्र भुक्तानी गर्न, अनुमति प्राप्त धितोपत्र व्यवसायीमार्फत कारोबार गर्न तथा आधिकारिक जानकारीका लागि सीडीएससी, नेप्से, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका वेबसाइट प्रयोग गर्न पनि बोर्डले आग्रह गरेको छ।

बोर्डले लगानीकर्तालाई कुनै जिज्ञासा वा गुनासो भए सम्बन्धित निकायमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित: २०८२ चैत २ गते सोमबार ११:१२
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना