२०८३ कार्तिक १२ गते बुधबार

ब्याजदर घट्नु, सेयर बजार र घरजग्गा मन्दीले आयकर संकलनमा धक्का

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
ird

काठमाडौँ: सरकारलाई आयकर असुलीमा धक्का लागेको छ। चालू आर्थिक वर्षको आठ महिनामा सरकारले एक खर्ब ७० अर्ब ८० करोड रुपैयाँ मात्र आयकर संकलन गरेको छ। आठ महिनामा सरकारले दुई खर्ब ३७ अर्ब ८० करोड रुपैयाँ आयकर असूलीको लक्ष्य लिएको छ। लक्ष्यको ७१.८३ प्रतिशत मात्र आयकर असूली भएको अर्थ मन्त्रालयले जनाएको छ।

लक्ष्यभन्दा ६७ करोड रुपैयाँ कम आयकर संकलन भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्षमा आयकरबाट चार खर्ब सात अर्ब रुपैयाँ बढी संकलन गर्ने अर्थको लक्ष्य रहेको छ। गत वर्षको आठ महिनामा एक खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ संकलन भएको थियो। गत वर्षको तुलनामा यो वर्ष आयकर १.४२ प्रतिशत कम संकलन भएको छ।

बैंकको ब्याजदर घटेको, सेयर बजार सुस्ताएको र घरजग्गा कारोबारमा मन्दी आएपछि यसको असर आयकरमा परेको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल बताउछन्। मन्दीका कारण सेयर बजार र घरजग्गा कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकर असर परेको छ। बैंकको ब्याजदर घट्ने बित्तिकै आयकरमा परेको उनको भनाइ छ।

पछिल्लो समय बैंकको निक्षेपमा ब्याजदर घटेर ४.४९ प्रतिशतमा सीमित भएको छ। लामो समयदेखि सेयर बजारमा सुधार हुन सकेको छैन्। यस्तै घरजग्गा कारोबारमा मन्दी छ।

विकास निर्माण गतिविधि सुस्त हुँदा ठेक्काबाट हुने कर पनि घटेको छ। संस्थागत आयकर औसत २५ र व्यक्तिगत आम्दानीअनुसार ३९ प्रतिशतसम्म छ। आठ महिना (साउनदेखि फागुनसम्म) सरकारले लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ। आर्थिक वर्षको फागुनसम्म लक्ष्यको ८२.६० प्रतिशत मात्र राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।

लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल, फागुनसम्म सात खर्ब ५१ अर्ब मात्र संकलन

आठ महिनामा सरकारले नौ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य लिएको छ। आठ महिनामा सात खर्ब ५१ अर्ब ८५ करोड रुपैयाँ मात्र राजस्व उठेको अर्थले जानकारी दिएको छ। आठ महिनामा सरकारले लक्ष्यभन्दा एक खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ कम राजस्व संकलन गरेको छ।

आठ महिनासम्म राजस्व संकलन डेढ खर्ब रुपैयाँ बढी ऋणात्मक भएकाले चालू आर्थिक वर्षमा पनि लिएको लक्ष्य पूरा हुने सम्भावना कम छ। चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

सरकारले फागुनमा मात्रै ९६ अर्ब ५७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ८२ अर्ब ५२ करोड रुपैयाँ मात्र संकलन भएको छ। प्रत्येक महिना लक्ष्यअनुसार राजस्व संकलन नभएको अर्थको तथ्याँंकले देखाएको छ। गत वर्षको भन्दा चालू वर्ष तीन अर्ब ७४ करोड रुपैयाँमात्र बढी राजस्व उठेको छ।

प्रकाशित: २०८२ चैत २ गते सोमबार ०५:३४
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना