२०८३ कार्तिक २३ गते आईतबार

आईपीओ निष्काशन गर्ने कम्पनीको वित्तीय विवरणमा कडाइ, नयाँ मापदण्ड ल्याउँदै धितोपत्र बोर्ड

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, चैत ५
sebon
धितोपत्र बोर्ड नेपाल।

काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्काशन (आईपीओ) मा जान चाहने कम्पनीहरूको वित्तीय पारदर्शितालाई सुनिश्चित गर्न नयाँ तथा कडा मापदण्ड कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। बोर्डले ‘सार्वजनिक निष्काशनका लागि पेस भएका वित्तीय विवरण पुनरावलोकन वा जाँचबुझ गर्न आवश्यक सूचकहरू सम्बन्धी मापदण्ड’ ल्याउन लागेको हो।

धितोपत्र बोर्ड स्रोतका अनुसार कम्पनीहरूले आईपीओ निष्काशन गर्नुअघि आफ्नो वास्तविक वित्तीय अवस्था लुकाएर ‘आर्टिफिसियल’ वा ‘कस्मेटिक’ रूपमा राम्रो देखाउने प्रवृत्ति बढेकाले यस्तो मापदण्डको आवश्यकता परेको हो।

अहिले कतिपय कम्पनीहरूले आम्दानी र प्राप्त गर्नुपर्ने रकम बीचमा ठूलो अन्तर देखाउने, नक्कली बिल काटेर नाफा बढी देखाउने जस्ता कैफियतहरू गर्ने गरेको पाइएको छ। स्रोतले भन्यो, ‘कानुनी रूपमा सबै प्रक्रिया पुगेको देखिए पनि भित्रि रूपमा वित्तीय विवरणहरू शंकास्पद हुन सक्छन्। त्यस्ता विवरणहरूलाई सुक्ष्म रूपमा जाँच गर्न निश्चित सूचकहरू तोकिनेछन्।’

नयाँ मापदण्ड लागू भएपछि बोर्डले कम्पनीहरूले पेस गरेका विवरणहरूमा ‘रेड फ्ल्याग’ देखाउने खालका सूचकहरू सेट गर्नेछ। यदि कुनै कम्पनीको विवरणमा त्यस्ता सूचकहरूले कैफियत देखाएमा, बोर्डले थप छानबिन गर्नेछ र आवश्यक परेमा सच्याउन निर्देशन दिनेछ । यसले गर्दा बोर्डको कार्यबोझ मर्चेन्ट बैंकरहरूले लिने छन्।

यो मापदण्ड कार्यान्वयनमा आएपछि आईपीओ निष्काशन गर्ने कम्पनीका साथै बिक्री प्रबन्धक र लेखा परीक्षकको उत्तरदायित्व पनि बढ्नेछ। मर्चेन्ट बैंकरले ‘ड्यू डिलिजेन्स सर्टिफिकेट’ जारी गर्दा अब साँचो अर्थमा कम्पनीको वित्तीय स्वास्थ्य जाँच गर्नुपर्नेछ। ‘कसैले झुटो विवरण पेस गरेर लगानीकर्तालाई ठग्न खोज्छ भने त्यसको जिम्मेवारी मर्चेन्ट बैंकर र सम्बन्धित पक्षले लिनुपर्ने वातावरण बोर्डले बनाउछ’ स्रोतले भन्यो।
यो मापदण्डको मुख्य उद्देश्य सर्वसाधारण लगानीकर्ताको हित रक्षा गर्नु रहेको बोर्डका एक अधिकारीले बताए। वास्तविक अवस्थाभन्दा राम्रो वित्तीय विवरण देखाएर प्रिमियममा सेयर निष्काशन गर्ने वा कमजोर कम्पनीलाई बलियो देखाउने कार्यलाई यसले पूर्ण रूपमा निरुत्साहित गर्ने अपेक्षा गरिएको छ।

‘कम्पनीहरूले अब कागजमा मात्र राम्रो देखाएर आईपीओ ल्याउने अवस्था अन्त्य हुनेछ। हामी वास्तविक वित्तीय अवस्था हेरेर मात्र अनुमति दिनेछौं,’ बोर्ड स्रोतले जनाएको छ।

यो मापदण्डको मुख्य लक्ष्य बजारमा पारदर्शिता बढाउनु र लगानीकर्ताको विश्वास मजबुत बनाउनु हो। धेरैजसो सर्वसाधारण लगानीकर्ताले कम्पनीको विस्तृत वित्तीय अवस्था बुझ्न सक्दैनन्, त्यसैले नियामक निकायले नै यस्तो व्यवस्था ल्याएर उनीहरूको हित सुरक्षित गर्न खोजेको हो।

हाल यो मापदण्ड अन्तिम चरणको छलफलमा रहेको छ र छिट्टै कार्यान्वयनमा आउने तयारी भइरहेको छ। लागू भएपछि आईपीओ बजारमा गुणस्तरीय कम्पनी मात्र प्रवेश गर्ने अपेक्षा गरिएको छ। साथै, यसले कमजोर कम्पनीलाई बलियो देखाएर महँगो मूल्यमा सेयर बिक्री गर्ने प्रवृत्तिमा पनि कमी ल्याउने विश्वास गरिएको छ।

समग्रमा, यो कदमले नेपाली पुँजी बजारलाई अझ व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने दिशा दिएको मानिएको छ।

प्रकाशित: २०८२ चैत ५ गते बिहिबार ०२:४०
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना