काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज परिसूचक नेप्से ६४.६७ अंकले बढेर २ हजार ८७७.०२ विन्दुमा बन्द भएको हो।
आज ५ करोड ६९ लाख २० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २१ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। २ वटा कम्पनीको शेयरमूल्य स्थिर छ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको ६७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


