२०८३ कार्तिक १५ गते शनिवार

एनआरएनएले प्रस्ताव गर्यो तीन महत्वकांक्षी परियोजना, हस्पिटलदेखि स्कूलसम्म चलाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ८
rabin

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूल प्रवाहीकरण गर्ने उद्देश्यसहित तीन वटा महत्वकांक्षी परियोजना प्रस्ताव गरेको छ।

संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एन्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन शेरचनले नेपालको स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा दूरगामी प्रभाव पार्ने किसिमका तीन वटा परियोजना प्रस्ताव गरिएको जानकारी दिए।

एनआरएनएको १२औँ एकताको महाधिवेशन लगत्तै तीन दिनसम्म बसेको बैठकले परियोजना अघि बढाउन स्वीकृति प्रदान गरेको शेरचनले बताए। बैठकले दिएको म्यान्डेटअनुसार उनी मातहतकै विभागबाट परियोजनालाई मूर्तरूप दिन प्रक्रिया अघि बढाइनेछ।

एनआरएनए हस्पिटल र केयर होम

वरिष्ठ उपाध्यक्ष शेरचनका अनुसार संघले अघि सारेको पहिलो र सबैभन्दा महत्त्वपूर्ण परियोजना ‘एनआरएनए हस्पिटल’ हो। यो केवल एक सामान्य अस्पताल मात्र नभई, त्यहाँ रिटायरमेन्ट होम, केयर होम र बालबालिकालाई खेल्ने तथा हुर्काउने सुरक्षित वातावरणसहितको एकीकृत ‘मल्टिपल कम्प्लेक्स’ का रूपमा रहने उनको भनाइ छ। विशेष गरी विदेशमा रहेका नेपालीका अभिभावक (बुबा–आमा) को स्याहार–सुसारका लागि यो परियोजना कोशेढुङ्गा साबित हुने एनआरएनएको विश्वास छ।

शेरचनले भने, ‘हाम्रा धेरै अभिभावकहरू घरमा एक्लै हुनुहुन्छ। उहाँहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै हामीले एउटा अन्तर्राष्ट्रिय स्तरको हस्पिटल र केयर होम बनाउने योजना राखेका छौँ।’ यो अस्पतालमा केवल नेपालीहरू मात्र नभई आम नागरिकले पनि सेवा लिन पाउने बताइएको छ। यसले नेपालको स्वास्थ्य प्रणालीमा अन्तर्राष्ट्रिय मापदण्डको सेवा थप्ने विश्वास लिइएको छ। हस्पिटलका लागि संघले विदेशका विशेषज्ञ चिकित्सकहरूसँग समन्वय गरी प्रविधि भित्र्याउने योजना पनि बनाएको छ।

एनआरएनए स्कुलको अवधारणा

दोस्रो महत्त्वपूर्ण परियोजना ‘एनआरएनए स्कुल’ हो। विदेशमा जन्मे–हुर्केका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कृति र आफ्नो जरासँग जोड्नका लागि यो स्कुल स्थापना गर्ने योजना बनाइएको शेरचनको भनाइ छ। उनका अनुसार, हाल विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली बालबालिकाहरूलाई एउटै साझा प्लेटफर्ममा ल्याउन यो परियोजनाले मद्दत गर्नेछ।

यो विद्यालयमा नेपाली पाठ्यक्रमसँगै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिने बताइएको छ। यसले विशेष गरी विदेशमा बसोबास गर्ने नेपालीका छोराछोरीलाई नेपालसँग भावनात्मक रूपमा जोड्न र भविष्यमा उनीहरूले नेपालमै आएर सेवा गर्न सक्ने वातावरण सिर्जना गर्नेछ।

अत्याधुनिक ईभी डबल डेकर बस सेवा

एनआरएनएको तेस्रो परियोजना काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने ईभी डबल डेकर बस सेवा हो। बढ्दो ट्राफिक जाम र प्रदूषणलाई न्यूनीकरण गर्न यो परियोजना निकै प्रभावकारी हुने दाबी गरिएको छ। शेरचनका अनुसार, काठमाडौँको रिङरोड र मुख्य सहरी क्षेत्रमा चल्ने गरी यी अत्याधुनिक विद्युतीय बसहरू सञ्चालन गर्ने प्रस्ताव छ।

यो परियोजनाका लागि यसअघि नै पनि काठमाडौँ महानगरपालिका र सरोकारवाला निकायहरूसँग पटक–पटक छलफल भइसकेको छ। ‘हामीले केवल बस ल्याउने मात्र होइन, त्यसलाई कसरी सञ्चालन गर्ने र ट्राफिक व्यवस्थापनमा कसरी सहयोग पुर्याउने भन्ने कुराको पनि अध्ययन गरेका छौँ,’ शेरचनले भने। यो परियोजनाले सार्वजनिक यातायातमाथि सर्वसाधारणको विश्वास बढाउने र हरित सहरको अवधारणालाई सार्थक बनाउने लक्ष्य राखेको उनको भनाइ छ।

लगानीको मोडल

वरिष्ठ उपाध्यक्ष शेरचनले यी तीन वटै परियोजनालाई एनआरएनए ट्रेड एन्ड इन्भेस्टमन्ट’ विभागमार्फत अघि बढाइने बताए। परियोजनाहरूमा पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) मोडेलमा काम गरिने बताइएको छ। जसमा सबै एनआरएनएहरूको अपनत्व महसुस हुने गरी आवश्यक व्यवस्था गरिनेछ।

यस्तै परियोजनाको कार्यान्वयनका चरणबद्ध रूपमा काम गरिने शेरचनको भनाइ छ। जसअनुसार सरकारसँग समन्वय गर्दै जग्गा प्राप्ति, अनुमति पत्र र कानुनी अड्चनहरू फुकाउने काममा पहिलो चरणमा काम गरिने भएको छ। यी परियोजनाहरू कुनै व्यक्ति वा संस्थाको मात्र नभई सिङ्गो नेपालको प्रतिष्ठासँग जोडिएकाले सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको एनआरएनएको भनाइ छ।

कुनै पनि ठुला परियोजना अघि बढाउँदा कानुनी र प्रक्रियागत जटिलता आउनु स्वाभाविक हो। शेरचनले यो कार्य सरकारी नीति नियमभित्र रहेर छिटो सम्पन्न गर्न ध्यान दिइने बताए।

उनले भने, ‘हामीलाई काम गर्नका लागि सरकार र सम्बन्धित निकायको सहयोग अपरिहार्य छ। हामीले लगानी मात्र ल्याउने होइन, नेपालमा काम गर्ने संस्कार पनि भित्र्याउन खोजिरहेका छौँ।’

यी परियोजनाले कार्यान्वयनको स्वरूप पाएमा नेपालको अर्थतन्त्रमा प्रत्यक्ष रोजगारी सिर्जना हुनेछ भने ‘रिटर्न टू नेपाल’ अभियानलाई समेत थप बल पुर्‍याउने विश्वास लिइएको छ। विगतको सरकार भन्दा अब बन्ने सरकार फरक हुने भएकाले पनि सकारात्मक सहयोग मिल्नेमा एनआरएनएको विश्वास छ।

लगानीका लागि १० अर्ब रुपैयाँको एनआरएनए डेभलपमेन्ट फन्डको मोडलसमेत तयार गरिएको छ। यो कोषमा एनआरएनएका सबै खाले लगानीकर्ता, गैर आवासीय नेपाली र सरकारकोसमेत साझेदारी रहने गरी छलफल भइरहेको छ।

प्रकाशित: २०८२ चैत ८ गते आईतबार ०३:५१
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना