कामना सेवा विकास बैंकले चितवन, भरतपुरस्थित अशोका रिसोर्ट र होटल अशोका सँग सेवा शुल्कमा छुटको सम्झौता गरेको छ।
यस सम्झौताअनुसार, बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, खाना र पेय पदार्थमा १० प्रतिशत छुट पाउनेछन्। बैंकसँग आबद्ध रहेको प्रमाण देखाउँदा ग्राहकहरूले यो सुविधा सजिलै प्राप्त गर्न सक्नेछन्।
बैंकले विश्वास गरेको छ कि यस सम्झौताबाट बैंकसँग आबद्ध सबै महानुभावहरूले विशेष लाभ लिन सक्नेछन्।
उक्त सम्झौतामा बैंकको तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटल अशोका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन्।


