काठमाडौँः साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २ हजार ९६०.४० विन्दुमा बन्द भएको हो।
आज ३ करोड ५८ लाख २२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ११ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार राद्यी विद्युत कम्पनीको भएको छ। उक्त कम्पनीको मात्र ६७ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


