काठमाडौँ: पछिल्लो एक साता निरन्तर घटेको सुनको मूल्य आज बुधबार भने भारी वृद्धि भएको छ। यसदिन सुन तोलामै १४ हजार ६०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा किनबेच भएकोमा बुधबार तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ कारोबार भैरहेको छ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी तोलामा ४१५ रुपैयाँ बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ।


