काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ। ग्लोबल मनी विक २०२६ को अवसरमा फाइनान्सले विभिन्न विषयहरुमा ग्राहकहरुलाई सचेतना जगाउने उदेश्यले कार्यक्रमहरु गरेको हो।
फाइनान्सले युवापुस्तामा वित्तीय अनुशासन, विद्युतीय भुक्तानी तथा स्मार्ट मनी टकलगायत अन्य विभिन्न आर्थिक तथा वित्तीय विषयहरुमा जानकारी गराएको जानकारी दिएको छ।
कार्यक्रममा शाखाका कर्मचारीहरु, ग्राहकहरु तथा सरोकारवालाको उल्लेखनिय उपस्थिति रहेको थियो। साक्षरता कार्यक्रमहरुको साथै फाइनान्सले नेपाल राष्ट्र बैंक तथा देशका विभिन्न स्थानमा बैंकर्स क्लबहरुले आयोजना गरेको सचेतनामूलक र्यालीहरुमासमेत उल्लेखनिय सहभागिता रहेको फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्यले जानकारी दिए।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि विभिन्न कार्यक्रमहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आईरहेको छ। विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै ग्राहकहरुलाई थप सेवा प्रदान गरिरहेको छ।


