काठमाडौँः साताको चौथो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २ हजार ९३५.९४ विन्दुमा बन्द भएको हो।
आज ३ करोड ५८ लाख १९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १५ अर्ब ९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ७ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ । कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।


