२०८३ कार्तिक २३ गते आईतबार

खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा एनआरएन फण्डलाई चुनौती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १२
nrn_fund

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरूबाट ठूलो परिमाणमा पुँजी भित्र्याउने उद्देश्यसहित अघि बढाएको १० अर्ब रुपैयाँको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड अन्तिम तयारीमा पुगेको छ।

नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डबीच नीतिगत सहमति बन्दै गए पनि व्यवहारिक तहमा भने बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र (एनआईडी) अनिवार्य हुनु फण्डको सुधार र लगानी प्रक्रियाका लागि मुख्य चुनौतीका रूपमा देखापरेको छ।

विदेशमा बसोबास गरिरहेका नेपाली मूलका व्यक्तिहरूबाट पूर्वाधार, ऊर्जा, उद्योग र सार्वजनिक सम्पत्तिको मौद्रिकीकरणजस्ता क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले एनआरएन नेपाल डेभलपमेन्ट फण्डको स्थापना भइसकेको छ। तर, फण्ड सञ्चालनका लागि आवश्यक नियमावली, निर्देशिका र बैंकिङ प्रक्रियामा समयमै परिमार्जन नहुँदा लगानी प्रक्रिया अपेक्षाकृत सुस्त बनेको हो।

फण्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराईका अनुसार हाल नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। यही व्यवस्थाले विदेशी नागरिकता लिइसकेका नेपाली मूलका व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा समस्यामा पारेको छ।

‘हामीले नियमावली परिमार्जन गरेर आईपीओ त खोल्न सक्छौँ, तर पैसा कसरी नेपाल भित्रिन्छ? विदेशी नागरिकता भएका नेपालीसँग राष्ट्रिय परिचयपत्र नै हुँदैन। दिने व्यवस्था पनि छैन्। यस्तो अवस्थामा बैंक खाता नै नखुल्ने हो भने लगानी कसरी सम्भव हुन्छ?’ भट्टराईले प्रश्न गरे।

राष्ट्र बैंकको कडा ‘केवाइसी’ व्यवस्था र गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्रसम्बन्धी प्रावधानबीच समन्वय नहुँदा एनआरएन लगानीकर्ताहरू दोहोरो मारमा पर्ने देखिन्छ। आईपीओमार्फत उठ्ने पुँजी, लाभांश वितरण तथा भविष्यमा नाफा विदेश लैजाने प्रक्रियाका लागि बैंक खाता अनिवार्य हुन्छ। तर परिचयपत्रकै कारण खाता खोल्न नसक्ने अवस्था रहिरहेमा १० अर्ब रुपैयाँको फण्डको मूल उद्देश्य नै धरापमा पर्ने जोखिम छ।

सीईओ भट्टराईका अनुसार एनआरएन कार्ड, विदेशी राहदानी वा वैकल्पिक पहिचानका आधारमा बैंक खाता खोल्न सकिने स्पष्ट कानुनी व्यवस्था नहुँदासम्म लगानीकर्तामा विश्वास पैदा हुन सक्दैन। ‘सरकार सकारात्मक देखिएको छ, तर व्यवहारिक समस्याको समाधान नगरी कागजममा मात्रै सुधार भयो भने लगानी आउँदैन,’ उनले भने।

विश्वभर रहेका नेपालीलाई आईपीओमा व्यापक रूपमा सहभागी गराउन एनआरएनले सरकारसँग ८५ प्रतिशतसम्म आईपीओ निष्कासनको माग गर्दै आएको छ। हालको व्यवस्थाअनुसार कुनै पनि कम्पनीले ४९ प्रतिशतभन्दा बढी आईपीओ निष्कासन गर्न पाउँदैन। तर एनआरएन डेभलपमेन्ट फण्डमा १० प्रतिशत सरकार र ९० प्रतिशत गैरआवासीय नेपालीको लगानी रहने संरचना भएकाले ८५ प्रतिशत आईपीओ आवश्यक भएको फण्डको तर्क छ।

यो माग सम्बोधन गर्न धितोपत्र बोर्डमार्फत नियमावली परिमार्जनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सीईओ भट्टराईका अनुसार सम्भवतः केही दिनभित्रै नियमावली संशोधन भई एनआरएनको माग समेटिने अपेक्षा गरिएको छ। ‘अन्य सबै निकायसँग सहमति भइसकेको छ। अब धितोपत्र बोर्डको निर्देशिकामा संशोधन हुन बाँकी छ,’ उनले बताए।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच यस विषयमा छलफल भइसकेको र फण्ड सञ्चालनमा देखिएका अवरोध हटाउने विषयमा सरकार सकारात्मक रहेको स्रोतको भनाइ छ।

प्रचलित कानुनी व्यवस्थाअनुसार विदेशी मुद्रामा जारी हुने शेयर, बण्ड वा डिबेञ्चरमा विदेशी नागरिकता प्राप्त वा विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएका गैरआवासीय नेपालीहरूले मात्र लगानी गर्न पाउने व्यवस्था छ।

एनआरएन डेभलपमेन्ट फण्ड पनि यही ढाँचामा सञ्चालन हुनेछ। सबै प्रक्रिया पूरा भएपछि फण्डले विदेशी मुद्रामै १० अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ, जसमा विश्वका ९० भन्दा बढी देशमा रहेका एनआरएनहरूले मात्र लगानी गर्न पाउनेछन्।

फण्डले सार्वजनिक सम्पत्तिको मौद्रिकीकरणमा पनि चासो देखाइसकेको छ। एनआरएनकै प्रस्तावमा सरकारले बजेटमा सार्वजनिक संस्थानको सम्पत्ति मौद्रिकीकरणको नीति अघि सारेको छ। सीईओ भट्टराईका अनुसार उदयपुर सिमेन्ट उद्योग, नेपाल औषधि उद्योगजस्ता सार्वजनिक संस्थानको सम्पत्ति मौद्रिकीकरण र दाउन्ने क्षेत्रमा तीन किलोमिटर लामो सुरुङमार्ग निर्माणको प्रस्ताव एनआरएनले सरकारसमक्ष राखेको छ।

नेपाललाई आगामी सन् २१०० सम्म उच्च मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न ठूलो परिमाणमा पुँजी आवश्यक छ। तर परम्परागत राजस्व, वैदेशिक अनुदान र ऋण मात्र पर्याप्त नहुने अवस्था छ। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) कमजोर रहेको वर्तमान सन्दर्भमा एनआरएन फण्डलाई वैकल्पिक र महत्वपूर्ण स्रोतका रूपमा हेरिएको छ।

यही कारण, एनआरएन फण्ड सफल बनाउन अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र गृह मन्त्रालयबीच तत्काल समन्वय गरी गैरआवासीय नेपालीका हकमा राष्ट्रिय परिचयपत्रको अनिवार्यता खुकुलो बनाउने वा वैकल्पिक व्यवस्था लागू गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ। अन्यथा नीतिगत सुधार कागजमै सीमित हुने र व्यवहारमा ठूलो लगानी भित्र्याउने लक्ष्य अधुरै रहने जोखिम देखिएको छ।

प्रकाशित: २०८२ चैत १२ गते बिहिबार ०६:०३
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना