काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २ हजार ९५०.१६ विन्दुमा बन्द भएको हो।
आज ३ करोड ४ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अर्ब १६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ८ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन र सोलु हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ । कम्पनीको ९४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


