काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ। आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको हो।
गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै ओलीकी पत्नी राधिका शाक्यले र लेखकका तर्फबाट यशोदा लेखकले सर्वोच्चमा आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
यसैगरी, लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुुनुवाइ पनि आजै नै हुनेछ।
प्रहरीले ओली र नेता लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो।
ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
ओली अस्वस्थ रहेका कारण शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचाररत छन्। लेखकलाई महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ।


