काठमाडौं। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान सीडीओ रिजाललाई पक्राउ परेको हो।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अदालतमा मुद्धा दर्ता भइसकेको छ।
उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए। उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप लगाइएको छ।


