काठमाडौँः एपोलो हाइड्रोपावर लिमिटेडले चैत्र २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो।
यस आईपीओमा चैत्र ३० गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ।
शेयर निष्काशनको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २० गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले ओखलढुंगा र सोलुखुम्बु को सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।


