काठमाडौँः आज बुधबार पनि सुनको मूल्य बढेको छ । आज सुन आज तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ ।


