काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ।
नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ को परिच्छेद ३ को दफा ८(१) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरूलाई मार्जिन कारोबारका लागि योग्य ठहर गर्दै सूची सार्वजनिक गरेको हो।
कार्यप्रक्रियाको दफा ९(१) अनुसार उक्त सूची सार्वजनिक गरिएको नेप्सेले जनाएको छ। यससँगै अब सूचीमा परेका कम्पनीहरूको सेयर धितो राखी लगानीकर्ताहरूले मार्जिन कारोबार सेवा लिन सक्नेछन्।
नेप्सेका अनुसार मार्जिन कारोबारका लागि कुल १२३ कम्पनी योग्य देखिएका छन्।


