काठमाडौैँः साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक आज ५.८२ अंकले बढेर २ हजार ७८२.१८ विन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज २ करोड १३ लाख १८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको सेयरमूल्य स्थिर छ ।
रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इनर्जी, भुजुङ हाइड्रोपावर र सुपर खुदी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ । कम्पनीको ३५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


