काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लगि सुनचाँदीको मूल्य निर्धारण गरेको छ। महासंघका अनुसार यसदिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

आज सुनको मूल्य तोलमा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छ। शुक्रबार पनि सुन यही मूल्यमा खरिदबिक्री भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो।