२०८३ कार्तिक १४ गते शुक्रबार

सामसङले ल्यायो ग्यालेक्सी ‘ए५७ फाइभजी’ र ‘ए३७ फाइभजी’, अफरसहित प्रि–अर्डर सुरू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २२
New Project – 2026-04-05T181010.442

काठमाडौंँ: सामसङ नेपालले आफ्नो नयाँ ए सिरिज, ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी, को पूर्व–अर्डर नेपालमा खुला गरेको छ। यी फोनहरूमा आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर उपकरणहरू समावेश गरिएको छ। कम्पनीका अनुसार नयाँ ए सिरिज विद्यार्थी र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको हो, जसले दैनिक कामहरू सहज र प्रभावकारी बनाउँछ।

पूर्व–अर्डर अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म स्टक उपलब्धतासम्म खुला रहनेछ। सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापित भन्छन् कि नयाँ ए सिरिजले कृत्रिम बुद्धिमत्ता सबै प्रयोगकर्तासम्म पु¥याउने हाम्रो प्रतिबद्धता झल्काउँछ। २४ महिनासम्मको किस्ताबन्दी सुविधा (ईएमआई) थपेर प्रविधिलाई सजिलै पहुँचयोग्य बनाइएको छ।

फोनमा दैनिक जीवनमा प्रयोग गर्न सकिने असम इन्टेलिजेन्स, भ्वाइस ट्रान्सक्रिप्सन, एआई सेलेक्ट, अब्जेक्ट इरेजर, फिल्टर्स र एडिट सजेसन्स जस्ता उपकरणहरू उपलब्ध छन्। ग्यालेक्सी ए५७ फाइभजीमा बेस्ट फेस र अटो ट्रिम जस्ता थप सुविधा पनि छन्। गुगलको सर्कल टु सर्च बहु–वस्तु पहिचानको सुविधा र अपग्रेड गरिएको बिक्स्बी र जेमिनीले प्राकृतिक संवाद सम्भव बनाउँछ।

दुवै फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामरा सेटअप छ। नाइटोग्राफी र सुधारिएको इमेज सिग्नल प्रोसेसरले कम प्रकाशमा पनि स्पष्ट फोटो र भिडिओ लिन सहयोग गर्छ। ए५७ फाइभजीमा उच्च इमेज प्रोसेसिङ, छिटो शटर स्पीड र अधिक विवरण उपलब्ध छन्।

स्लिम बेजेल, हल्का र पातलो डिजाइनसहित ग्यालेक्सी ए५७ फाइभजी ६.९ मिलिमिटर पातलो छ। ५००० एमएएच ब्याट्रीले दुई दिनसम्म प्रयोग गर्न सकिन्छ। सुपर एमोलेड डिस्प्ले र भिजन बुस्टरले उत्कृष्ट दृश्य अनुभव दिन्छ। आइपी६८ वाटर र डस्ट रेसिस्टेन्स, ६ वर्ष सुरक्षा अपडेट, नक्स भल्ट, सेक्युरिटी ड्यासबोर्ड, प्राइभेट सेयरिङ र थेफ्ट प्रोटेक्सन सुविधा पनि उपलब्ध छन्।

ग्यालेक्सी ए५७ फाइभजीको मूल्य १२ जीबी÷२५६ जीबी मोडलमा ८९,९९९ रूपैयाँ र ८ जीबी/२५६ जीबीमा ८४,९९९ रूपैयाँ रहेको छ। ग्यालेक्सी ए३७ फाइभजी १२ जीबी/२५६ जीबीमा ७९,९९९, ८ जीबी/२५६ जीबीमा ७२,९९९ र ८ जीबी/१२८ जीबीमा ६४,९९९ रूपैयाँमा उपलब्ध हुनेछ। प्रि–अर्डरका लागि ए५७ फाइभजीमा चार हजार रूपैयाँ बराबरको मेमोरी अपग्रेड र ए३७ फाइभजीमा २५ सय रूपैयाँ बराबरको मेमोरी अपग्रेड सुविधा दिइएको छ। २४ महिनासम्मको किस्ताबन्दी सुविधा महिनामा १,७६४ रूपैयाँदेखि सुरु हुनेछ। सीमित समयका लागि विशेष अफरहरू पनि उपलब्ध छन्।

प्रकाशित: २०८२ चैत २२ गते आईतबार ०६:१०
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना