२०८३ कार्तिक १२ गते बुधबार

दोस्रो त्रैमासमा आर्थिक वृद्धि चार प्रतिशत माथि हुने प्रक्षेपण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २३
national-statistics_office

काठमाडौँ: चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिमा केही सुधार भएको देखिएको छ। दोस्रो त्रैमास (साउनदेखि पुससम्म) छ महिनाको अवधिमा आर्थिक वृद्धि ४.०५ प्रतिशत हुने अनुमान गरिएको छ।गत आर्थिक वर्षको छ महिनाको तुलनामा यो वर्ष चार प्रतिशत बढी आर्थिक विस्तार हुने अनुमान सार्वजनिक भएको हो।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार दोस्रो त्रैमासको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आधारभूत मूल्यमा चार प्रतिशत बढी आर्थिक वृद्धि हुने जानकारी दिएको हो।

विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी उत्पादन, व्यापार सेवा र पर्यटन आगमनलगायतका क्रियाकलापमा भएको विस्तारले गर्दा चार प्रतिशत माथि आर्थिक वृद्धिको मुख्य कारण रहेको कार्यालयले जानकारी दिएको छ।

समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गिकरणका सबै क्षेत्रको धनात्मक वृद्धिदर रहेको अनुमान कार्यालयको छ। यद्यपि आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासको तुलनामा आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिकमा निर्माण सामाग्रीको आयात, धान वालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटका कारण यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको देखिन्छ।

समायोजित तथ्यांकका आधारमा त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासको तुलनामा सोही आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २.०४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ।

प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक वर्गिकरणमध्ये १६ ओटा औद्योगिक वर्गिकरणमा भएको वृद्धिको प्रभाव तथा दुई वटा औद्योगिक वर्गिकरणको सामान्य संकुचनका कारणले समग्र कुल गार्हस्थ्य उत्पादनमा सामान्य वृद्धि भएको अनुमान गरिएको छ।

जेनजी आन्दोलनपछि आर्थिक वृद्धि खुम्चिएर तीन प्रतिशतमा सीमित

आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमास र अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमास अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका १८ औद्योगिक वर्गिकरणहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको प्रारम्भिक अनुमान छ।

जसमध्ये विद्युत तथा ग्याससम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै २२.७४ प्रतिशत रहेको छ। यस औद्योगिक वर्गिकरणलाई पछ्याउँदै वित्तीय तथा बीमासम्वन्धी क्रियाकलाप, यातायात तथा भण्डारण, आवास तथा भोजन, थोक तथा खुद्रा व्यापारमा क्रमशः १२.५१, ९.६५, ५.१८ र ४.११ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको कार्यालयले जनाएको छ।

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। धान वालीको उत्पादनमा कमी आए पनि पशुपंन्छी, तरकारीबाली तथा फलफुल र वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ।

त्यसैगरी, अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ४.११ प्रतिशत भएको अनुमान गरिएको छ। व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ। अर्कोतर्फ पानी आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन ०.५५, सार्वजनिक प्रशासन तथा रक्षा तथा अनिवार्य सामाजिक सुरक्षा १.११, शिक्षा १.१६ प्रतिशतको न्यून वृद्धि भएको अनुमान छ।

सरकारले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो। यता अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत असोजमा चार प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो। जेनजी आन्दोलनपछि विश्व बैंकले आर्थिक वृद्धिदर घटाएर दुई प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वार्षिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरिएको थियो। तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो।

गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिक बहुमत प्राप्त गरेकाले आगामी पाँच वर्ष स्थिर सरकार बन्ने देखिएको छ। यसले गर्दा पनि आर्थिक विस्तारमा सहयोग पुग्नेछ।

प्रकाशित: २०८२ चैत २३ गते सोमबार ०५:४९
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना