२०८३ कार्तिक २३ गते आईतबार

स्टक डिलरलाई कम्पनी छनोटमा पूर्वस्वीकृति नचाहिने, नेप्सेले गर्यो कार्यविधि संशोधन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २६
Nepse

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्टक डिलरसम्बन्धी कार्यविधि संशोधन गर्दै कारोबार गर्ने कम्पनी छनोटमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ। यससँगै अब स्टक डिलरहरूले आफूले कारोबार गर्न चाहेको कम्पनीको सूची नेप्सेलाई जानकारी गराए मात्र पुग्नेछ।

नेप्सेले धितोपत्र व्यापारी (स्टक डिलर) कार्यसञ्चालन सम्बन्धी कार्यविधि, २०७७ मा पहिलो संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो। यसअघि स्टक डिलरहरूले नेप्सेले तयार पारेको सूचीबाट कम्पनी छनोट गरी स्वीकृतिका लागि पेश गर्नुपर्ने व्यवस्था थियो भने सूची हेरफेर गर्न पनि पूर्वस्वीकृति आवश्यक पर्थ्यो।

यससँगै अन्य व्यवस्थाहरूमा पनि परिमार्जन गरिएको छ। अब स्टक डिलरहरूले सेयरका अतिरिक्त सरकारी ऋणपत्र, म्युचुअल फण्ड र डिबेन्चरमा समेत कारोबार गर्न पाउने भएका छन्। त्यस्तै, लगातार तीन वर्ष नाफामा रहेका कम्पनीको सेयर मात्र खरिद गर्नुपर्ने पुरानो प्रावधान हटाउँदै अब नाफामा नरहेका कम्पनीको सेयर पनि खरिद गर्न सकिने भएको छ।

कम्पनी छनोटसम्बन्धी मापदण्डमा पनि परिवर्तन गरिएको छ। स्टक डिलरले खरिद गर्न सक्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी २० करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ। साथै, विगतमा रहेको ८० प्रतिशत कारोबार दिन पुगेका कम्पनीको सेयर मात्र खरिद गर्नुपर्ने व्यवस्था हटाइएको छ। तर, अब कम्तीमा ६ महिना सूचीकृत भएका कम्पनीको सेयर मात्र खरिद गर्न पाइने नयाँ प्रावधान लागू गरिएको छ।

संशोधनअनुसार स्टक डिलरले दैनिक रूपमा गर्न सक्ने खुद कारोबार रकम आफ्नो नेटवर्थको अधिकतम ६० प्रतिशतसम्म पुर्‍याउन पाउनेछन्। यसले बजारमा तरलता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

हाल नेपालमा नागरिक स्टक डिलर र नबिल स्टक डिलर गरी दुई स्टक डिलर कम्पनी सञ्चालनमा रहेका छन्। नेप्सेको यो संशोधनले पुँजीबजारलाई थप पारदर्शी, चलायमान र व्यवस्थित बनाउने विश्वास गरिएको छ।

प्रकाशित: २०८२ चैत २६ गते बिहिबार ०५:०९
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना