काठमाडौँः आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलामा प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।


