२०८३ कार्तिक २३ गते आईतबार

साताको सेयर समीक्षाः अर्थमन्त्रीसँगको भेटले पनि बजारमा आएन चमक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २८
Nepse

काठमाडौं। यो साता सेयर बजार समग्रमा मिश्रित गतिमा अघि बढ्दै अन्ततः घटेर बन्द भएको छ। कारोबार भएका दिनहरूमा बजार कहिले उकालो लाग्यो त कहिले ओरालो।

तर, साताको अन्त्यतिर भने बजार घटेर बन्द भयोे। यो हप्ता सेयर कारोबार पनि ६ दिन भएको छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक विदा दिने निर्णय गरेसंगै अब आइतबारको साटो शुक्रबार सेयर कारोबार भएको छ।

बजारको दैनिक अवस्था

साताको पहिलो कारोबार दिन आइतबार बजार १०० अंक भन्दा बढीले घटेर बन्द भयो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५.५० अंकले घटेर २ हजार ६७२ विन्दुमा पुगेको थियो। सो दिन १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

सोमबार भने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको आस्वासनले बजार उच्च अंकले बढ्यो। लगानीकर्ताले नयाँ सरकारले सेयर बजारलाई बेवास्ता गरेको गुनासो गरिरहेका थिए।

अर्थमन्त्री वाग्लेले सोमबार बिहान स्टक ब्रोकरसँग छलफल गरेका थिए। उनले बजारबारे सकारात्मक अभिव्यक्ति दिएसँगै बजारमा केही सकरात्मक प्रभाव देखियो। तर, बजारमा सोचेको जस्तो चमक आएन्।

योसँगै सोमबार नेप्से ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेर बन्द भएको थियो। त्यसदिन १० अर्ब ९२ करोडको कुल कारोबार भयो।

मंगलबार भने बजारमा सामान्य अंकले घट्यो। मंगलबार सेयर बजार २.६१ अंक घटेर परिसूचक नेप्से २७५७ अंकमा कायम भएको थियो। यसदिन नेप्सेसँगै कारोबार रकम घटेर ६ अर्ब ७३ करोडमा सिमित भएको थियो।

बुधबार बढेर सेयर बजारले २८ सय अंक पार गर्यो। यस दिन नेप्से ४५.१२ अंक बढेको थियो। सो वृद्धिपछि नेप्से परिसूचक २८०२ अंकमा कायम भएको थियो। यस दिन ८ अर्ब ३१ करोडको कारोबार भएको थियो।

बिहीबार सेयर बजार ४८.७१ अंक बढेको थियो। यससँगै बजार २८५१ अंकमा पुगेको हो। यसदिन ९ अर्ब ९१ करोडको कारोबार भएको थियो।

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से सूचक दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १३.४६ अंकले घटेर २ हजार ८३७.७७ विन्दुमा बन्द भएको हो।

आज २ करोड १० लाख कित्ता सेयर खरिद–बिक्री हुँदा ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक विदा दिने निर्णय गरेसंगै अब आइतबारको साटो शुक्रबार सेयर कारोबार भएको हो।

आईपीओ सम्बन्धी गतिविधि

यस साता शिखर पावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ। कुल २६ लाखभन्दा बढी आवेदकले आवेदन दिएका थिए।

जसमध्ये २६ लाख ५० हजार आवेदन स्वीकृत भएका छन्। भाग्यशाली एक लाख ८४ हजारभन्दा बढी लगानीकर्ताले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

एफपीओ तथा बोनस सेयर

यस साता विजय लघुवित्त वित्तीय संस्थाको थप निष्कासन (एफपीओ) नेप्सेमा सूचीकृत भएको छ। कुल चार लाख ६६ हजारभन्दा बढी कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि खुला गरिएको छ।

त्यसैगरी विभिन्न कम्पनीहरूको बोनस सेयर पनि सूचीकृत भएका छन्। हाइड्रो इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल), ङादी ग्रुप पावर, यूनाइटेड इदि मर्दि आरबी हाइड्रोपावर, एनआरएन तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका बोनस सेयर नेप्सेमा थपिएका छन्।

समग्रमा हेर्दा यो साता सेयर बजारमा उतारचढाव भए पनि अन्तिम दिनको मजबुत प्रदर्शनले लगानीकर्तामा सकारात्मक संकेत दिएको छ।

उच्च कारोबार रकम र सक्रिय सहभागिताले बजारमा विश्वास कायमै रहेको देखिन्छ। आगामी साता बजारको दिशा लगानीकर्ताको मनोबल, नीतिगत निर्णय र नयाँ निष्कासनले निर्धारण गर्ने सम्भावना छ।

प्रकाशित: २०८२ चैत २८ गते शनिवार ०१:४२
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना