काठमाडौं। चालु आर्थिक वर्ष २०८२०८३ को आठ महिनामा अन्तर बैंक कारोबार उल्लेखनीय रूपमा घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–फागुनसम्ममा कूल सात खर्ब ४३ अर्ब ८६ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ।
उक्त तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूबीच मात्रै ६ खर्ब २९ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ भने अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरू बाहेक) बीच एक खर्ब १४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा अन्तर बैंक कारोबारमा ठूलो गिरावट आएको देखिन्छ। अघिल्लो वर्ष यही अवधिमा वाणिज्य बैंकहरूबीच ११ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच एक खर्ब ३० अर्ब ३८ करोड रुपैयाँ गरी कूल १२ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो।
चालू वर्षमा अन्तर बैंक कारोबार झन्डै आधाभन्दा बढीले घटेको देखिन्छ। वित्तीय प्रणालीमा तरलता व्यवस्थापन, कर्जाको मागमा कमी तथा समग्र आर्थिक गतिविधिमा आएको सुस्तताका कारण यस्तो गिरावट आएको हो।


