२०८३ कार्तिक १४ गते शुक्रबार

एक सय डेरीले मोहीको गरे ब्रान्डिङ, दैनिक २५ हजार लिटर बिक्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २९
parlhad_dahal

काठमाडौं। नेपालमा पछिलो समय मोहीको माग बढ्दै गएको छ। पार्टी एवम भोजहरुमा जुस, कोक, फेन्टा भन्दा पनि मोहीको प्रयोग बढी हुन थालेको छ। जसका कारण रैथाने उत्पादन मोहीको माग बढ्दै गएको छ।

यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल डोरी एशोसिएनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले अहिले देशभर करिब एकसय वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याइरहेको बताए।
उनले भने, ‘अहिले देशभर करिब १०० वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याइरहेका छन्। लेबलिङ र प्याकेजिङसहित दैनिक २० देखि २५ हजार लिटर मोही बिक्री हुने गरेको छ भने कुल खपत ३०–३५ हजार लिटरसम्म पुगेको छ।’

उनले बजारमा मोहीको माग बढ्दै गएको बताए। उनले मोहीको एक लिटरको खुद्रा मूल्य ८० रुपैयाँ र आधा लिटरको ४५ रुपैयाँ रहेको बताए।उनले मोहीमा कुनै पनि केमिकल प्रयोग नगरिकन उत्पादन हुने गरेको बताए।

उनले भने, ‘लाइफ बढाउन केमिकल प्रयोग गर्नुपर्ने हुनसक्छ। तर पूरानो स्वाद जोगाउन प्रयास हुने गरेको छ।’ मोही उत्पादनबाट व्यक्तिगत व्यवसायको लागि मात्र होइन अर्थतन्त्रमा नै थोरै भएपनि टेवा पुग्ने गरेको उनले बताए।

उनले भने, ‘सानो प्रयासले एउटा ठूलो परिवर्तन भएको छ। अहिले मोहीका कारण बाह्यबाट आउने वा आयतित पेय पदार्थमा विगतको तुलनामा २५ प्रतिशतले घटेको तथ्यांकमा नै देख्न सक्छौं। यो भनेको देशको लागि ठूलो उपलब्धि हो। यसले एउटा व्यवसायका लागि मात्र होइन त्यसको अर्थतन्त्रमै थोरै भएपनि टेवा पुर्याएको छ।’बाइ प्रडक्ट भएकाले बजारमा यसको माग अझै बढ्ने क्रममा रहेको बताए।

उनले भने, ‘अहिले १०० वटा डेरीले महीको उत्पादनमा जोड दिएका छन्। बाइ प्रडक्ट भएकाले यो बढ्ने क्रममा छ। सबै डेरीले प्रडक्टहरु बनाउँदा मोही पनि एड गर्ने गरेका छन्। बिशेष गरि काठमाडौँमा हालै नवप्रभा डेरी, प्रभात मोही भनेर आएको छ। अर्को हिमालयन डेरी काभ्रेले दर्शन मोही भनेर लिएर आएको छ। ग्लोबल डेरी बुटवलले पनि काठमाडौंमा बजार बढाएको छ।’

नेपालमा मोही खपत बढाउन विगत एक वर्षदेखि चैत २८ गते मोही दिवस मनाउन सुरु गरिएको उनले बताए। यो दिवस मनाउनुको उद्देश्य भनेको प्रचार—प्रसार गर्नु रहेको बताए।

‘हामीले नेपालमा मोही खपत बढाउन विगत एक वर्षदेखि चैतको २८ गते प्रथम मोही दिवस मनाउन सुरु गर्यौं,’ उनले उल्लेख गरे, ‘नेपाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राजेन्द्र मिश्र सचिव हुँदा नै मनाउन सुरु गरेका हौं। मोही सेवन गरौं स्वस्थ रहौं भन्ने लक्ष्य हो।’

मोही स्वस्थ्यका लागि राम्रो हुने भएकाले र बिना केमिबल उत्पादन हुने भएकाले मोही जुनसुकै उमेर समूहकाले सेवन गर्न मिल्ने बताए। तर, सरकारले मोही उत्पादनमा खासै सहयोग गरेको छैन्। तर, मूल्य अभिवृद्धिकर (भ्याट) हटाउने सन्दर्भमा सरकारले सहजीकरण गरिरहेको उनले जानकारी दिए।

प्रकाशित: २०८२ चैत २९ गते आईतबार ०१:१०
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना