काठमाडौं।गोर्खा ब्रुअरी प्रालिद्वारा आयोजित काल्र्सबर्ग गल्फ क्लासिक २०२६ अप्रिल १० र ११ मा प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्समा सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी भएका थिए।
प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड फम्र्याटमा ह्यान्डिक्यापका आधारमा खेलाइएको थियो। पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भने अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित रनर अप भए।
बेस्ट ग्रस विनर को उपाधि हरिबहादुर थापा ले ३५ स्कोरसहित जिते। महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन्। तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित रनर अप रहिन्।
सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ रनर अप बने। सुपर सिनियर ७५ वर्षमाथितर्फ क्याप्टेन मणिलाल थापा विजेता बने।
महिलातर्फ सिनियर ६० वर्षमाथिमा देवी पुलामी तथा सुपर सिनियर ७० वर्षमाथि सन्ध्या राई विजेता घोषित भए।
विशेष विधातर्फ हरिबहादुर थापाले होल नम्बर १२ मा होल इन वन गर्दै प्रतियोगिताको विशेष आकर्षण बने। मोस्ट ब्रर्डस अवार्ड कर्बिर तामाङले ४ बर्डसहित जिते।
त्यस्तै, लङगेस्ट ड्राइभ होल ११ मा सरोज थापा, क्लोजेस्ट टु द पिन होल १२ मा खिम गौचन तथा स्पोर्टसम्यानसीप प्राइज ब्रिगेडियर जनरल शशि किरण रायमाझीले प्राप्त गरेको ब्रुअरीले जनाएको छ।
प्रतियोगितामार्फत काल्र्सबर्गले स्पोर्टसम्यानसीप, क्यामरडाइर, प्रिमियम स्र्पोटिङ लाइफ स्टाइलप्रति आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको आयोजकले जनाएको छ। रोयल नेपाल गल्फ कोर्समा सम्पन्न यस प्रतियोगिताले सहभागीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धासँगै काल्सवर्ग सिग्नेचर ब्रान्ड एक्सपिरियन्स प्रदान गरेको थियो।


