काठमाडौँः २०८२ सालको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक घटेर बन्द भएको छ । पछिल्ला कारोबार दिनमा सुस्त भएको बजारले निरन्तरता दिदै २०८२ सालको अन्तिम कारोबार दिन सामान्य अंकले नकारात्मक भएर बन्द भएको छ ।
सोमबार नेप्से परिसूचक ४.१८ अंक घटेर २८३३.६० विन्दुमा झरेको छ। आज दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता सेयर बिक्रि हुँदा ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सोमबारको बजारमा कारोबारमा आएको युनिक नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक ३.६० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९३ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


