काठमाडौँः नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य पनि बढेको छ । मंगलबार प्रतितोला ५ हजार ६५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार बढेर ५ हजार २२० रुपैयाँ कायम भएको छ ।


