काठमाडौँः शुक्रबार (आज) सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार उक्त सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि तोलामा १२० रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।


