काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले डिजिटल ऋण प्रदान गर्ने भएको छ। फाइनान्सले ई–सेवासँग सहकार्यमा ई–सेवाका ग्राहकलाई ई–सेवा मोबाइल एपमार्फत डिजिटल ऋण सेवा उपलब्ध सम्बन्धमा सम्झौतामा हस्ताक्षर गरेको छ।
फाइनान्सको प्रधान कार्यालय कमलादीमा सम्पन्न भएको सम्झौताअनुसार ई–सेवाका ग्राहकहरुले आफ्नो व्यवसाय वृद्धि गर्न रिलायन्स फाइनान्सले विनाधितो दुई लाख रुपैयाँसम्म डिजिटल कर्जा सहज रुपमा छिटो छरितो र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन।
सम्झौता पत्रमा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. बुुद्घि मल्ल र ई–सेवाको तर्फबाट सीईओ जगदिश खड्काले हस्ताक्षर गरेका छन्।
हस्ताक्षरपछि दुबै पक्षद्धारा यो सहकार्यले ग्राहकहरूले बिना कागजी प्रक्रिया, छिटो र सहज पहुँच सहितको डिजिटल ऋण सेवा प्राप्त गर्नुका साथै यसले यसले नेपालको डिजिटल अर्थतन्त्रलाईसमेत थप टेवा पुर्याउनेमा विश्वास व्यक्त गरेका थिए।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै ग्राहकहरुलाई नवीनतम सेवा प्रदान गर्दै आईरहेको छ।


