काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.३६ अंकले बढेर २ हजार ८३८.४० विन्दुमा बन्द भएको हो ।
आज १ करोड ८० लाख ६३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको सेयरमूल्य स्थिर छ ।
सूर्यकुण्ड हाइड्रो इनर्जी, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिज लाइन इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेशनल हाइड्रोपावरको भएको छ । कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


