काठमाडौँः कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार वैशाख ७ गते अर्थात् सोमबार आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले चैत्र २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि कुल ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा २७ लाख ४९ हजार ६०२ जनाले आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेको हुँदा आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । जसमा ६८ हजार ४७५ जनाले १०.१० कित्ताका दरले शेयर पाउनेछन्। बाँकी २६ लाख ८१ हजारको हात रित्तो हुने छ।
प्रकाशित: २०८३ बैशाख ४ गते शुक्रबार ०४:०१