काठमाडौं। नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शुक्रबार साँझ राजीनामा दिएका छन्।
अध्यक्ष श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएर बाहिरिएको अर्थ मन्त्रालयले जनाएको छ।सञ्चालक समिति बैठकमा उनल् राजीना दिने घोषणा गरेका थिए।
सरकारलाई सहयोग गर्न स्वेच्छाले राजीनमा गरेका बताएका छन्।
श्रेष्ठलाई सरकारले २०८१ मंसिर १० मा बोर्डको अध्यक्ष बनाएको हो। श्रेष्ठ आउनुअघि ११ महिना बोर्ड नेतृत्वविहीन हुँदा सेयर बजारका धेरै काम रोकिएका थिए।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा उनी पनि तानिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न भनेको मन्त्रालयल स्रोतले बतायो।
नियामक निकाय बोर्ड अध्यक्षले राजीनामा सरकार समक्ष बुझाउनुपर्छ।
शुक्रबारको बोर्ड बैठक सकिएपछि श्रेष्ठले सञ्चालकरूलाई जानकारी दिँदै सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए। श्रेष्ठले झण्डै डेढ वर्ष बोर्डको जिम्मेबारी सम्हालेका छन्।
शुक्रबारको बैठकले हिमालयन सेक्युरिटिज लिमिटेड अर्थात् ब्रोकर नम्बर ९६ लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
विवादस्पद व्यवसयाी दीपक भट्ट र शाहिल अग्रवालको गैरकानुनी सेयर कारोबारमा सहभागी भएको पाएपछि बोर्डले हिमालयन सेक्युरिटिजलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।


