काठमाडौं। रोशी खोलामा शनिबार अचानक आएको बाढीले अवद्ध बीपी राजमार्ग एकतर्फी खुलेको छ।
बाढीले बगाएको डाइभर्सन मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीले लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ।
पूर्णरूपमा बाटो सञ्चालन गर्नको लागि अझै केही समय लाग्ने हुनाले बाटोको अवस्थाको बारेमा थप जानकारी लिनको लागि १०० र १०३ मा सम्पर्क कार्यालयले भनेको छ।शनिबार राती रोशी खोलामा पानीको बहाव बढ्दा डाइभर्सन बगाएको हो।
राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरू बगाएको छ।


