२०८३ कार्तिक २२ गते शनिवार

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २२
ai-pogram

काठमाडौं। जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन्।

विश्वव्यापी रूपमा एआईको प्रयोग विस्तार भइरहेका बेला नेपालले ऊर्जा र भौगोलिक अवस्थालाई प्रतिस्पर्धात्मक लाभका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ।

डिजिटल मिडिया फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय एआई सम्मेलनअन्तर्गतको अन्तर्राष्ट्रिय सत्रमा सहभागी विज्ञहरूले नेपालले एआई पूर्वाधार विकासमा लगानीको सम्भावना खोज्नुपर्ने बताएका हुन्।

‘द न्यु एआई ल्यान्डस्केपः ग्लोबल सिफ्ट्स, नेपाल्स स्ट्राटेजिक च्वाइसेस’ विषयक सत्रमा बेलायतको युनिभर्सिटी अफ योर्कका पूर्वप्राध्यापक तथा वाइजयाकका प्रमुख कार्यकारी अधिकृत प्राडा सुरेश मानन्धरले नेपालको जलविद्युत् सम्भावनालाई एआई पूर्वाधार विकाससँग जोड्न सकिने बताए।

उनका अनुसार एआई डाटा सेन्टर सञ्चालनका लागि ठूलो परिमाणमा विद्युत् आवश्यक पर्छ। नेपालमा जलविद्युत् उत्पादनको सम्भावना रहेकाले यसलाई डाटा सेन्टर विकासमा उपयोग गर्न सकिन्छ। तर, डाटा सेन्टरका लागि वर्षभरि अविच्छिन्न विद्युत् आपूर्ति सुनिश्चित गर्नु मुख्य चुनौती हुने उनले बताए।

‘टियर–१ वा टियर–२ स्तरको डाटा सेन्टर सञ्चालन गर्न ९९.९९९ प्रतिशतसम्म सेवा उपलब्धता आवश्यक हुन्छ,’ उनले भने, ‘नेपालमा १०० मेगावाटको जलविद्युत् आयोजना भए पनि हिउँदमा उत्पादन घटेर १० मेगावाटमा सीमित हुन्छ भने वर्षभरि सञ्चालन हुने डाटा सेन्टरको क्षमता पनि त्यहीअनुसार निर्धारण गर्नुपर्छ।’

उनले डाटा सेन्टर विकासका लागि विद्युत् उत्पादन क्षमता मात्रै पर्याप्त नहुने भन्दै आपूर्तिको निरन्तरता र विश्वसनीयतामा पनि ध्यान दिनुपर्ने बताए। जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्को मौसमी उतारचढाव व्यवस्थापन नगरी ठूलो क्षमताको एआई डाटा सेन्टर सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ।

मानन्धरले सरकारले विश्वविद्यालय तथा कलेजका विद्यार्थीलाई समेत निःशुल्क पहुँच उपलब्ध हुने एआई डाटा सेन्टर स्थापना गर्नुपर्ने प्रस्ताव गरे। यसले अनुसन्धान, प्रविधि विकास र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने उनको अपेक्षा छ।

सिंगापुरस्थित एआई एसिया प्यासिफिक इन्स्टिच्युटका बोर्ड अध्यक्ष डा. पिटर ब्रिम्बलले पनि एआई पूर्वाधार विकासका लागि विद्युत्, डाटा र डिजिटल पूर्वाधार महत्त्वपूर्ण रहेको बताइन्।

विकासशील देशहरूले एक्लै ठूलो लगानी गरेर प्रतिस्पर्धा गर्नुभन्दा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारीबाट पूर्वाधार विकास गर्न सक्ने उनको सुझाव थियो।

उनका अनुसार एआई प्रविधिको विस्तारसँगै डाटा सेन्टरको विद्युत् माग तीव्र रूपमा बढिरहेको छ। त्यसैले नेपालले आफ्नो ऊर्जा सम्भावना उपयोग गर्दै क्षेत्रीय सहकार्य र प्रविधि साझेदारीलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता छ।

विज्ञहरूले एआई डाटा सेन्टरलाई केवल प्रविधि पूर्वाधारका रूपमा नभई नेपालको जलविद्युत् उपयोग, विदेशी लगानी आकर्षण, अनुसन्धान र डिजिटल अर्थतन्त्र विस्तारसँग जोडेर हेर्नुपर्ने बताएका छन्।

प्रकाशित: २०८३ कार्तिक २२ गते शनिवार ०३:११
प्रतिक्रिया

थप समाचार

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना