२०८३ कार्तिक २० गते बिहिबार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २०
New Project – 2026-11-05T155514.822

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा आयोजना हुने नेपाल पूर्वाधार सम्मेलन–२०२६ मा २४ खर्ब ५३ अर्ब रुपैयाँ लागतका २३ वटा आयोजना लगानीका लागि प्रस्तुत गरिने भएका छन्।

पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा जलविद्युत्, सडक, सुरुङमार्ग, विमानस्थल, सूचना प्रविधि, उद्योग, पर्यटन तथा कृषि क्षेत्रका आयोजना सोकेस गरिनेछन्।

आयोजनामध्ये सबैभन्दा ठूलो बुढीगण्डकी बहुउद्देश्यीय आयोजना हो। यसको अनुमानित लागत ४ खर्ब रुपैयाँ छ। सम्मेलनमा लगानीका अवसरसँगै सरकारले गरेका कानुनी तथा नीतिगत सुधार पनि प्रस्तुत गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

उनका अनुसार सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

आयोजना अनुमानित                   लागत
बुढीगण्डकी बहुउद्देश्यीय आयोजना रु. ४ खर्ब
दुधकोशी जलाशययुक्त आयोजना रु. ३ खर्ब ८१ अर्ब
माझिटार–शक्तिखोर सुरुङमार्ग रु. २ खर्ब ६० अर्ब
चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे रु. २ खर्ब २१ अर्ब
अपर अरुण जलविद्युत् आयोजना रु. २ खर्ब ८ अर्ब
तमोर जलाशययुक्त जलविद्युत् आयोजना रु. २ खर्ब
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रु. १ खर्ब ६२ अर्ब
बुटवल–पोखरा एक्सप्रेस वे रु. ८० अर्ब
कोहलपुर–सुर्खेत एक्सप्रेस वे रु. ६७ अर्ब
महेशफाँट स्याटेलाइट आईटी सिटी रु. ५५ अर्ब
धौवादी फलाम खानी रु. ५१ अर्ब
ग्लोबल कन्भेन्सन एन्ड डिजिटल हब रु. ५० अर्ब
छहरे स्याटेलाइट लजिस्टिक सिटी रु. ५० अर्ब
मनाङ एआई डेटा सेन्टर रु. ५० अर्ब
मानेदोभान इको टाउन रु. ४५ अर्ब
शक्तिखोर औद्योगिक पार्क रु. ४० अर्ब
मुस्ताङ एकीकृत स्याउ खेती तथा प्रशोधन रु. ३० अर्ब
खप्तड एकीकृत इको टुरिजम रु. २७ अर्ब
कर्णाली एचभीएसी प्रसारण लाइन रु. २५ अर्ब
भेरी एचभीएसी प्रसारण लाइन रु. २५ अर्ब
नौबस्ता औद्योगिक पार्क रु. १० अर्ब
दाउन्ने सुरुङमार्ग रु. १० अर्ब
धरान–लेउती सुरुङमार्ग रु. ६ अर्ब
कुल २३ आयोजना रु. २४ खर्ब ५३ अर्ब

प्रकाशित: २०८३ कार्तिक २० गते बिहिबार ०५:१२
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...

अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँः अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना