२०८३ कार्तिक २३ गते आईतबार

आजदेखि सेयरबजारमा यी नयाँ व्यवस्था लागू हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ७
nepse

काठमाडौँः वैशाख ७ गते (आज)देखि सेयरबजारमा विभिन्न नयाँ नियम लागू भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले सर्किट ब्रेक र सेयर मूल्य परिवर्तन सीमा परिवर्तन गरेको हो भने पुँजीबजारको इतिहास मै पहिलो पटक आफ्टर मार्केट अर्डरको व्यवस्था गरिएको छ ।

यी व्यवस्था परिमार्जनको लागि नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधनको प्रस्ताव गर्दै नेपाल धितोपत्र बोर्डमा पठाएको थियो । धितोपत्र बोर्डको चैत्र २३ गते बसेको संचालक समितिको बैठकले विनियमावलीमा संशोधन गर्ने प्रस्ताव स्वीकृत दिएको थियो । नेप्सेको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वैशाख ७ गतेदेखि यी व्यवस्था लागू गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरी मराजुलीले बताएका छन्।

शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

त्यस्तै अब आजदेखि एक दिनमा कुनै एउटा शेयरको मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने छ। नियमित कारोबार समयमा अहिले सेयर मूल्य अधिकतम १० प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था छ। अब भने त्यसलाई बढाएर नियमित समयमा १५ प्रतिशतसम्म सेयर मूल्य घटबढ हुन सक्ने व्यवस्था गरिएको हो ।

प्रत्येक कारोबारमा सेयर मूल्य ३ प्रतिशतले घटबढ हुन पाउने

अब आजदेखि नियमित समयमा हुने प्रत्येक कारोबारमा शेयर मूल्य ३ प्रतिशतले घटबढ हुन पाउने छ । यस अघि २ प्रतिशत घटबढ हुन सक्ने गरि अर्डर हाल्न पाउने तथा सोहि बमोजिम घटबढ हुन सक्ने व्यवस्था थियो। अब भने सो २ प्रतिशतको सीमालाई बढाएर ३ प्रतिशत कायम गरिएको हो ।

प्रि ओपनमा सेयर मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउने

अब प्रि ओपन सेसनमा शेयर मूल्य ५ प्रतिशतले घटबढ हुन पाउने छ । हाल प्रि ओपन सेसनमा शेयर मूल्य २ प्रतिशत मात्र घटबढ हुन सक्ने व्यवस्था रहेकोमा अब त्यसलाई बढाएर ५ प्रतिशत कायम गरिएको हो । प्रि ओपन सेसन बिहान १०ः३० देखि १०ः४५ बजेसम्म संचालन हुने गर्दछ ।

समग्र बजार ८ प्रतिशतसम्म घटबढ हुन पाउने

अब आजदेखि समग्र बजारमा लाग्ने सर्किट ब्रेकको नियम पनि परिवर्तन भएको । हाल समग्र बजारमा ४ प्रतिशतको परिवर्तन भएमा पहिलो, ५ प्रतिशतको परिवर्तन भएमा दोस्रो र ६ प्रतिशतको परिवर्तन भएमा तेस्रो तथा सर्किट ब्रेक लाग्दै आएको छ। अब भने बजारमा दुई वटा मात्र सर्किट ब्रेकको सीमा रहने छ। अब बजार दोस्रो घण्टा भित्र ५ प्रतिशत घटबढ भएमा पहिलो सर्किट ब्रेक लाग्ने छ र १५ मिनेटको लागि कारोबार स्थगित हुने छ। त्यसपछि बजार ८ प्रतिशत घटबढ भएमा दोस्रो तथा अन्तिम सर्किट ब्रेक लाग्ने छ, र सो दिनको लागि सम्पूर्ण कारोबार स्थगित हुने छ।

नेप्सेले यी व्यवस्था आज वैशाख ७ गते सोमबारदेखि लागू हुने गरि मिति तोकेको हो। यी व्यवस्था लागु हुँदा बजारमा नयाँ आयाम थपिने, तथा नयाँ उर्जाको साथै बजारप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ बैशाख ७ गते सोमबार १०:४६
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना