काठमाडौँः साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन १ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य भने घटेको छ । सोमबार ५ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।


