काठमाडौँः साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक १७.९१ अंक घटेर २८०७.३१ विन्दुमा झरेको छ।
आज नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ९५ हजार ८०० पटकको कारोबारमा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँबराबरको १ करोड ३० लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज सेयरमूल्य १५ प्रतिशत बढेको छ । साथै,कारोबारमा आएको दोल्ती पावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ८.७१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ७ लाख ३५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ।


