काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको छ।
मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्य बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको हो। सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहललाई नियुक्त गरेको हो।
डेढ वर्ष पनि पुरा नहुँदै सन्तोषनारायण श्रेष्ठले शुक्रबार राजीनामा गरेपछि बोर्ड नेतृत्वविहीन भएको छ।


