काठमाडौँ: कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर व्यापार विस्तार गर्ने योजनाअन्तर्गत चितवनमा नयाँ शोरुम खोलेको छ। सोमबार चितवनको मंगलपुरमा शोरुमको उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको उपस्थिति रहेको थियो। चितवन तथा आसपासका ग्राहकहरूलाई कजारियाका प्रिमियम टायल समाधानहरू अब उक्त शोरुमबाट उपलब्ध हुनेछन्।
निर्देशक अग्रवालले भने, ‘अथर्व इन्टरप्राइजेजसँगको सहकार्यमार्फत चितवनमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौं। यस क्षेत्रमा पूर्वाधार तथा आवास निर्माणको माग निरन्तर बढ्दै गएको अवस्थामा, उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित टायल समाधानहरू प्रदान गर्ने ठूलो सम्भावना देखिरहेका छौँ।’
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूम विस्तार गरिसकेको छ।


