काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन ८०० रुपैयाँले घटेर तीन लाख ५०० कायम भएको छ। मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै यसदिन चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ।