काठमाडौँः एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलमा शुक्रबार बिहान वैशाख ११ गते ९ बजे सेयर वितरण भएको हो।
कम्पनीले चैत्र २६ देखि वैशाख २ गतेसम्म ७ लाख ८० हजार २ सय कित्ता शेयर सार्वजनिक गरेको थियो। यसमा कुल २७ लाख ७१ हजार १८ जनाले आवेदन दिएका थिए, जसमध्ये २७ लाख २७ हजार १ सय १७ जनाको आवेदन मात्र स्वीकृत भएको थियो।
आवेदन संख्या अत्यधिक भएपछि गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो। जसमध्ये ७८ हजार २० जनाले मात्र १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।


