२०८३ कार्तिक २३ गते आईतबार

व्यवसायीमाथि धरपकडविरुद्ध निजी क्षेत्रको एकै स्वर: निरुत्साही बनायो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ११
670129491_913458661655417_8316628727301918965_n

काठमाडौँ: निजी क्षेत्रले व्यवसायीमाथि भैरहेको धरकपडमाथि आपत्ति जनाएको छ। उद्योगी-व्यवसायीका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीहरू त्रसित हुने अवस्था सिर्जना हुँदा त्यसले निजी क्षेत्रलाई निरुत्साही बनाएको बताएका छन्।

बिहीबार साँझ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर कोइरालालाई पक्राउ गरेको छ। यसअघि व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाल अनुसन्धानका क्रममा हिरासतमा रहेका छन् भने शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल हाजिरी जमानीमा छुटेका थिए।

नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरे पनि उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेक गरी त्रसित हुने अवस्था सिर्जना गरेको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको हो।

व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टसँग उनको कनेक्सन के हो?

निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको उल्लेख गर्दै व्यवसायीहरू त्रसित हुने अवस्था सिर्जना हुँदा अर्थतन्त्र, रोजगारी, राजस्व संकलन र पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने विज्ञप्तिमार्फत् भनिएको छ।

विज्ञप्तिमा नियामक निकायका प्रतिवेदनका आधारमा मात्रै उद्योगी व्यवसायीलाई पक्राउ गरिनु गलत अभ्यास भएको उल्लेख गर्दै आर्थिक कसुरमा ‘पहिले सुन्ने, प्रमाणित भएपछि मात्र कारबाही गर्ने’ सिद्धान्त अपनाउन सरकारसँग माग गरिएको छ। अनुसन्धानमा सहयोग गर्न व्यवसायीहरू तयार हुँदाहुँदै पनि पक्राउ गर्ने प्रवृत्तिले निजी क्षेत्र निरुत्साहित भएको उनीहरूको भनाइ छ।

यस्तो धरपकडले व्यक्तिमात्र नभई लाखौं रोजगारी, आपूर्ति श्रृंखला, बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीमै धक्का पुग्ने भन्दै निजी क्षेत्रले सरकारलाई संवेदनशील हुन आग्रह गरेको छ।

सेयर बजारमा कृत्रिम कारोबार: दीपक भट्ट मुख्य दोषी, शेखर गोल्छा र रोहित गुप्तालगायत सहयोगी

सरकारले निजी क्षेत्रलाई नीति तथा कानुन निर्माणमा समेट्न थालेको सकारात्मक कदमको स्वागत गर्दै पनि हाल मन्त्रिपरिषद्बाट पारित ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनकै चरणमा यस्ता गतिविधि हुनु चिन्ताजनक भएको विज्ञप्तिमा उल्लेख छ।

कसुर प्रमाणित भए दोषीलाई कारबाही गर्नुपर्नेमा कुनै असहमति नरहेको जनाउँदै निजी क्षेत्रले संविधानले दिएको ‘कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने’ सिद्धान्तको पालना गर्न सरकारसँग आग्रह गरेको छ।

विगत चार वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्रलाई नयाँ सरकारको नीति र व्यवहारले गतिशील बनाउने अपेक्षा रहेको उल्लेख गर्दै निजी क्षेत्रले लगानीमैत्री वातावरण कायम गर्न सरकारलाई पुनः ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २०८३ बैशाख ११ गते शुक्रबार १२:१२
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना