काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंकले बढेर २ हजार ७८८ विन्दुमा पुगेको छ। लगातार चार दिनसम्म घटिरहेको बजारमा आज भने गिरावट रोकिएको हो।
अघिल्लो दिन ५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकोमा आज बढेर ५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। यस दिन ८७ कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने १४ कम्पनी स्थिर रहेका छन्।
मूल्य वृद्धि हुने कम्पनीहरूमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावर अगाडि रहेका छन्, जसको सेयर मूल्य १५ प्रतिशतसम्म बढेको छ। यता, मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ३.५० प्रतिशतले घटेको छ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा रिडी पावर अग्रस्थानमा रह्यो, जसको मात्र २७ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।


